२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

अहिले बडा राष्ट्रवादी निस्किएका छन्, एकएक जवाफ ठाउँमै दिन्छुः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो चीन भ्रमणका बेला चिनियाँ ग्लोबल सेक्युरिटी इनिसियटिभ(जिएसआई)मा समर्थन जनाएको भन्दै हुँदै नभएको आरोप लगाएको बताएका छन्। नेकपा एमालेको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘अहिले बडा राष्ट्रवादी निस्किए। एकएक राष्ट्रवादीहरूलाई दिने जवाफ हामीसँग छ,’ उनले भने, ‘तर यसबेला दिन्न, अरु ठाउँ पनि हुन्छन्, अरु ठाउँमै दिऊला।’  ‘कस्ताकस्ताले प्रश्न उठाएका छन्’ भन्दै उनले आफ्नो चित्त दुखाइ पनि सुनाए।  

‘देशले सुन्नेगरी, विदेशले सुन्नेगरी भन्न चाहन्छु मेरो नेतृत्वको प्रतिनिधिमण्डलले देशको हितको विरुद्ध, असंलग्न हाम्रो स्थापित परराष्ट्र नीतिको विरुद्ध, पञ्चशीलका  स्थापित मान्यता र सिद्धान्तविरुद्ध, संयुक्त राष्ट्र संघका स्थापित नीति मान्यता र बडापत्रका विरुद्ध, विश्व शान्ति, विश्व न्याय र मानवताको समग्र हितका विरुद्ध कुनै प्रकारका क्रियाकलाप, बचन, बोली अथवा चिन्तन राखेको छैन,’ प्रधानमन्त्री ओलीले भने।

प्रकाशित: २० भाद्र २०८२ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App