राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पछिल्लो समाचारमा आएका कुराको खण्डन गर्दै आपत्ति जनाएका छन्।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा नयाँ मन्त्रीका रूपमा चर्चामा आएकी टासी ल्हाजोम नियुक्ति अघि विभिन्न विवादमा तानिएकी छिन्। उनकै बारेमा शाहीले टिप्पणी गरेको भन्दै सञ्चार माध्यमहरूमा आएपछि शाहीले खण्डन गरेका हुन्।
उनले खण्डन गर्दै आफूले कोही कसै व्यक्तिको नाम तोकेर विदेशी एजेन्ट हो नभनेको तर चोरको खुट्टा काट भन्दा खुट्टा लुकाउने प्रवृत्ति नदेखाउन आग्रह गरे।
'समाचारमा आएका कुराको खण्डन गर्दै म भन्छु मैले कोही कसै व्यक्तिको नाम तोकेर विदेशी एजेन्ट हो भनेको छैन तर चोरको खुट्टा काट भन्दा खुट्टा लुकाउने प्रवृत्ति देखाउनु भएन,' उनले सामाजिक सञ्जालमा भने, 'हामीले याद गर्नु पर्छ यो राष्ट्र अङ्ग्रेजसँग ,तिब्बतसँग र मुगलसँग तपाईँ हाम्रा पुर्खाहरूले रगत बगाएर आर्जेको र जोगाएको हो त्यसैले राष्ट्रघात हुनबाट युक्रेन जस्तो हुनबाट जोगाउन हामी सबैको कर्तव्य हो।'
कर्णालीबाट जोसुकै मान्छे पनि मन्त्री भएआफूले स्वीकार गर्ने तर मन्त्री हुने व्यक्ति यो देशको हितमा काम गर्ने भनेर ग्यारेन्टी हुनुपर्ने बताए।
प्रकाशित: २६ आश्विन २०८२ १०:३५ आइतबार


-600x400.jpg)


