४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मन्ती पदमा आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने समाचार भ्रामक: कुलमान

निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामापछि रिक्त हुने पदमा आफ्ना मान्छे नियुक्त गर्न सरकारलाई दबाब दिएको भन्ने समाचार भ्रामक भएको बताएका छन्।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएलगत्तै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सञ्चारमाध्यममा आएका त्यस्ता समाचारहरूमा कुनै सत्यता नरहेको बताएका हुन्।

उनले भने, ‘राजीनामा पछि उक्त पोस्ट (रिक्त पद) मा आफ्नो मान्छे नियुक्त गर्न सरकारलाई दबाब दिएका समाचार भ्रामक हुन्। यी सबै नियोजित रूपमा फैलाइएका हल्ला मात्र हुन्।’

सरकार बाहिर रहेर पनि देश र जनताको सेवामा खटिने प्रतिबद्धता जनाउँदै घिसिङले आफूले कुनै स्वार्थका लागि नभई इमानदारितापूर्वक ११५ दिन मन्त्रालयको जिम्मेवारी सम्हालेको बताए।

‘कुर्सीभन्दा माथि आत्मसम्मान हुन्छ,’ उनले भने, ‘अहिलेसम्म रास्वपा र उज्यालो नेपाल पार्टीको सहमति कार्यान्वयनमा आएको छैन। मेरो समर्थन रहे पनि मैले कुनै पार्टीको सदस्यता लिएको छैन।’

घिसिङले आफ्नो कार्यकालमा भएका कामहरूको समीक्षा गर्दै पद बाहिर रहँदा पनि विकास निर्माण र सुशासनका पक्षमा निरन्तर खबरदारी र सहयोग गरिरहने स्पष्ट पारे।

प्रकाशित: २३ पुस २०८२ २२:०० बुधबार