२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नवनिर्वाचित सभामुखकाे शपथ आइतबार

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुखले पद तथा गोपनीयताको शपथ आइतबार (चैत २२) गते लिने भएका छन्। 

सभामुखमा एकल उम्मेदवारी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी) निर्विरोध भएका हुन्। यद्यपि आइतबार बस्ने प्रतिनिधिसभा बैठकले उनको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछ। 

आइतबार सभामुख चयन हुने निश्चित भएपछि शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ। सभामुखको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन्। 

यसअघि आज (शुक्रबार) भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो । सोही कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित: २० चैत्र २०८२ १७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App