नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्राद दाहाल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललगायतको पनि उपस्थिति रहेको थियो।
प्रतिनिधि सभाको आइतबारको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्यालले सभामुखमा निर्विरोध निर्वाचित गरेको थियो। उनको नेतृत्वमा सोमबार प्रतिनिधि सभाको पहिलो बैठक बस्नेछ।
प्रकाशित: २२ चैत्र २०८२ १५:१२ आइतबार





