नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको सपथ ग्रहण समारोह कार्तिक १२ गते हुने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा दिउँसो २ बजे समारोह आयोजना हुने निश्चित गरिएको नेपाली कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचित समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ ११:२८ सोमबार



-600x400-wm.jpg)

