११ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीच हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ।

भेटका क्रममा मन्त्री खनालले नवनियुक्त राजदूत पुइगिन्जालाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

सो अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध आयामबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App