१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

भारतका नयाँ राजदूत सुधाकर काठमाडौंमा

भारतका नयाँ राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्न उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

सुधाकर दलेला सन् १९९३ ब्याचका भारतीय विदेश सेवा (आईएफएस) का अधिकारी हुन्। उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए।

त्यसपछि सन् २०२५ सेप्टेम्बरदेखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।

उनले भारतको विदेश मन्त्रालयको उत्तरी विभागमा निर्देशक र संयुक्त सचिवका रूपमा काम गर्दै भारत(नेपाल तथा भारत–भुटान सम्बन्धसम्बन्धी विषय हेरेका थिए। यसका साथै उनले भारतीय प्रधानमन्त्री कार्यालयमा पनि काम गरेका छन्।

दलेलाले अमेरिकासहित विभिन्न देशमा कूटनीतिक जिम्मेवारी पनि सम्हालिसकेका छन्।

प्रकाशित: १७ कार्तिक २०८३ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App