१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
शिक्षा

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको विशिष्ट केन्द्रका रूपमा विश्वविद्यालयलाई स्थापित गर्न र अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।

मंगलबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।

विश्वविद्यालयका संस्थापक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान तथा प्राज्ञिक क्षेत्रमा अनुसन्धानलाई तीव्रता दिने उद्देश्यले उक्त केन्द्र स्थापना गर्न लागिएको बताइएको छ।

यसैगरी, विश्वविद्यालयको अर्को महत्त्वपूर्ण अङ्गका रूपमा रहेको आयुर्वेद अध्ययन संस्थान र यसअन्तर्गतका निकायमार्फत सामुदायिक स्वास्थ्य क्लिनिक, स्वास्थ्ययोजना, जडीबुटी प्रशोधन तथा जनस्तरमा स्वास्थ्य र आहारविहारसम्बन्धी चेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने योजना अगाडि सारिएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ १९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App