नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले एकपछि अर्को संसदीय मान्यता उल्लङ्घन गरेको बताएका छन्।
उनले प्रधानमन्त्रीको अनुपस्थितिमा नीति तथा कार्यक्रममाथि छलफल गर्न नसक्ने बताए ।
सरकारको औपचारिक घोषणापत्र भएकाले यसमा प्रधानमन्त्रीको संलग्नता आवश्यक भएकाे उनकाे भनाइ छ । कुनै पनि प्रस्ताव प्रधानमन्त्रीको अनुपस्थितिमा अरु मन्त्रीले गर्न सक्छन् तर यसमा संलग्न नै नहुने भनेको संसदीय मर्यादा विपरित हुने उनले बताए।
प्रकाशित: ३० वैशाख २०८३ १३:०० बुधबार





