१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने कांग्रेसकाे तयारी

नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ। 

सर्वोच्च अदालतले नै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि अब निवर्तमान कार्यवाहक सभापति खड्कालाई स्पष्टीकरण सोध्नुको औचित्य नभएको एक नेताले नागरिकन्युजसँग बताए  

खड्कालाई वैशाख २ गते बसेको कांग्रेस अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो।  

तर सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य सकिएको निष्कर्षमा कांग्रेस नेतृत्व पुगेको छ। खड्काले भने आफूलाई स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय हास्यास्पद र अर्थहीन रहेको बताउँदै आएका थिए।

'अब पार्टी फुट्नेभन्दा पनि जुट्नेतिर लाग्नुपर्ने छ। त्यही भएर हामी एक भएर अघि बढ्नेछौं।', ति नेताले भने। यही विषय टुङ्ग्याउन कांग्रेस अनुशासन समितिको बैठक आज (सोमबार) दिउँसो ३ बजे बस्दैछ।  

प्रकाशित: ७ वैशाख २०८३ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App