१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको १५औँ महाधिवेशन आत्मसमीक्षा र पुनर्निर्माणको अवसर हो : पुष्पा भुसाल

नेपाली कांग्रेसकी केन्द्रीय कार्यसमितिकी उपसभापति पुष्पा भुसालले १५औँ महाधिवेशनलाई सभा, समारोह मात्र नभई पार्टीको आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको अवसर भएको बताएकी छिन्। 

महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसमाथि उठेका प्रश्नहरूको उत्तर दिँदै जनताको विश्वास पुनर्जागृत गराउन नेता तथा कार्यकर्ताहरू गाउँ,गाउँ पुग्नुपर्ने बताइन्। 

उपसभापति भुसालले बिपी कोइरालाको भनाइ स्मरण गर्दै भनिन्, ‘नेपाली कांग्रेस एउटा दल मात्र होइन, यो एक विचार, कार्यशैली, संस्कार र लोकतान्त्रिक जीवन पद्धति हो।’ उनले बिपीको समाजवाद र राष्ट्रियताको सिद्धान्त अनुरूप हरेक नागरिकको सम्मान, अवसर र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताइन्। 

यसैगरी, देशको कुल जनसङ्ख्याको ४१ प्रतिशत हिस्सा ओगटेको ‘जेनजी’ पुस्ताले रोजेको भ्रष्टाचारमुक्त समाज, बेरोजगारीको अन्त्य र आत्मसम्मानको सुनिश्चितता गर्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ छ। 

साथै ५१ प्रतिशत महिलाहरूको योगदानको कदर गर्दै  समाज र राजनीति दुवै क्षेत्रको नेतृत्वदायी भूमिकामा उनीहरुलाई स्थापित गर्नुपर्ने बताइन्।  

प्रकाशित: १८ आश्विन २०८३ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App