१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कार्यकर्तामा जोस भर्न नेपालले लिए शायरीको सहारा

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले बाँकेका कार्यकर्ताहरूलाई जोस भर्नका लागि शायरीको सहारा लिएका छन्।

बिहीबार नेपालगञ्जमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कार्यकर्तालाई हिन्दीमा कविता सुनाउँदै हिम्मत नहार्न आग्रह गरे।

नेपालगञ्जको स्थानीय लवजसँग मेल खाने गरी हिन्दी मिश्रित भाषामा सम्बोधन गर्दै नेता नेपालले भने, ‘हम्मत करो, साहस करो, सफलता मिलेगी।’

पार्टी निर्माण र राजनीतिक यात्रामा हरेस खान नहुने भन्दै उनले कार्यकर्तालाई ‘शायराना’ शैलीमा यसरी सम्झाए।

‘हर सुबह एक नयाँ ख्वाव लाती है,
हर मुस्किल अपनी राह दिखाती है।
जो रुक जाए वो जिन्दगी नहीं,
जो चलते रहे वही जित पाती है।’

अर्थात्, हरेक बिहानीले नयाँ सपना ल्याउँछ। हरेक मुस्किलले बाटो देखाउँछ। जो रोकिन्छ त्यो जिन्दगी होइन, जो हिँडिरहन्छ उसैले जित्छ।

आफ्नो उमेर ढल्किए पनि जोस र जाँगर युवाको जस्तै रहेको बताउँदै नेता नेपालले भारतीय स्वतन्त्रता संग्रामका शहीद रामप्रसाद बिस्मिलको चर्चित क्रान्तिकारी कवितासमेत वाचन गरे।

‘सरफरोशी की तमन्ना अब हमारे दिल में है,
देखना है जोर कितना बाजु–ए–कातिल में है।’

नेपालगञ्जसँग आफ्नो पुरानो साइनो रहेको र यहाँका गल्ली–गल्लीमा हिँडेको स्मरण गर्दै नेता नेपाल केही भावुक पनि सुनिए। उनले पुराना साथी र सहयात्रीहरूलाई सम्झिँदै अर्को शायरी सुनाए।

‘यादों की किमत वो क्या जाने जो खुद की याद मिटा देते हैं,
यादों का मतलब तो उनसे पुछो, जो यादों के सहारे जिन्दगी बिता देते हैं।’

उनले सम्झनाको महत्त्व बुझ्नका लागि इतिहास र संघर्ष बुझ्नुपर्ने बताए।

भाषणका क्रममा उनले पार्टी एकता र सहकार्यको महत्त्व दर्साउन अर्को हिन्दी भनाइ राखे।

‘हम सब एक दुशरे के बिना कुछ भी नही है,
यही रिस्तों की खुबसुरती है।
इसिलिए हात मे हात मिलाए, काँधे मे काँधे मिलाए,
आगे बढे, सफलता मिलेगी ही।’

प्रकाशित: २५ मंसिर २०८२ १८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App