१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

नेपालका नेताहरू संसारका सबैभन्दा ठूला ठग हुन्: सांसद सिंह

सांसद अमरेश कुमार सिंहले नेपालका नेताहरू संसारका सबैभन्दा ठूला ठग भएको टिप्पणी गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै सिंहले यस्तो टिप्पणी गरेका हुन्। 

'नेपालका नेताहरू संसारभरका सबैभन्दा ठूला ठग हुन्,' सिंहले भने, 'अमेरिका, चीन, भारत सबैलाई ठगेको छ, नेपालको त के कुरा गर्नु, परापूर्वकालदेखि नै ठग्दै आएका हुन्।' 

उनले ठूला नेताहरूलाई बिचौलियाहरूले हातको औँलामा नचाइरहेको टिप्पणी पनि गरे। नेपाल बीस जना बिचौलियाहरूले चलाइरहेको अभिव्यक्ति दिँदै सिंहले भने, 'नेपालको राजनीति स्वच्छ छैन। यहाँ सिन्डिकेटका नाइके छन्, नेता होइनन् उनीहरू। यहाँ मिडिया, वकिललगायत विभिन्न आवरणमा बिचौलियाहरू छन्। उनीहरूले नेताहरूलाई चलाइरहेका छन्।'

उनले तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको नाम नै लिएर उनीहरूलाई 'सिन्डिकेटका नाइके'को संज्ञा दिए। 

प्रकाशित: २१ श्रावण २०८२ १९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App