२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको राजीनामाबारे नेपालको टिप्पणी- यो उहाँहरूको आन्तरिक कुरा हो

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई रास्वपाको आन्तरिक मामिला भएको बताएका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो प्रकरणमा धेरै टिप्पणी गर्न आवश्यक नरहेको उल्लेख गरे।

विवादित पृष्ठभूमिका कारण गृहमन्त्री गुरुङले राजीनामा दिएपछि सह-संयोजक नेपालले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘अब यो उहाँहरूको आन्तरिक कुरा हो, मैले यसमा धेरै भन्नु छैन।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता र सहकार्यबारे सोधिएको प्रश्नमा उनले तत्कालै त्यस्तो कुनै भेट नभएको र यसबारे अहिले नै धेरै नबोल्ने बताए।

नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर भएको चर्चालाई खण्डन गर्दै नेपालले आफूहरू सबैलाई समेटेर अघि बढ्ने तयारीमा रहेको दाबी गरे।

‘२०२५ सालमा थोरै मान्छेबाट सुरु गरिएको आन्दोलन अहिले लाखौँको संख्यामा पुगेको छ। कम्युनिष्ट आन्दोलन असफल भएको छैन, हामी सबैलाई मिलाउँदै छौं,’ उनले भने।

प्रकाशित: ९ वैशाख २०८३ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App