२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री यादवको आग्रहमा आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा भोलिदेखि लागू हुने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहपछि उनले पद छाडेको स्रोतको दाबी छ । पछिल्लो समय सरकारले विभिन्न सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरूको विषयमा पुनरावलोकन गरिरहेको सन्दर्भमा भट्टको राजीनामा आएको हो ।

भट्टलाई तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो । सरकारले सार्वजनिक संस्थानका नियुक्त पदाधिकारी हटाउने सम्बन्धी अध्यादेश ल्याए पनि नेपाल आयल निगम त्यसको दायरामा परेको थिएन । त्यसपछि मन्त्री गौरीकुमारी यादवले उनलाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।

प्रकाशित: ३० वैशाख २०८३ १७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App