बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको बताएका छन्।
उनले नेपालको लामो ऐतिहासिक विरासत र पुर्खाहरूको त्याग, तपस्या तथा बलिदानबाट वर्तमान नेपाल निर्माण भएको उल्लेख गर्दै सनातनिक परम्पराको संरक्षण र पुस्तान्तरणमा जोड दिएका हुन्।
मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई भावी पुस्तासम्म पुर्याउनु आवश्यक रहेको बताएका छन्। 'नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,' उनले भनेका छन्, 'निकै लामो विरासत, पुर्खाको पौरख, पसिना र रगतको बलिदानीको परिणति आजको हाम्रो विशाल नेपाल हो।'
मुख्यमन्त्री थापा मगरले नेपालको सनातनिक परम्परालाई मौलिक स्वरूपमै संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। 'यहाँको सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु हाम्रो आवश्यकता हो,' उनले उल्लेख गरे।
प्रकाशित: ९ कार्तिक २०८३ १०:१६ सोमबार




-600x400.jpg)
