२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेपाल–भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिकः उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताएका छन् ।  

भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूतावास काठमाडौँले ललितपुरको पाटन दरबार क्षेत्रमा शुक्रबार गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपाल भारत सम्बन्ध आगामी दिनमा थप दिगो र प्रगाढ हुने विश्वास व्यक्त गरे ।  

“नेपाल भारत सम्बन्ध विशेष प्रकारको छ, हाम्रो खुला सीमा खुला छ, मिल्दोजुल्दो सभ्यता र संस्कृति रहेको छ, हाम्रो आपसी समन्वय र सहकार्यले अझै परिस्कृत र विकसित हुने मेरो विश्वास छ”, उनले भने ।

कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिइन् ।  

नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भारत पछिल्लो समय नेपालले भारतमा विद्युत विक्रि गरेर आर्थिक लाभ लिइरहेको भन्दै आगामी दिनमा अझै धेरै लाभ लिन सक्ने बताए ।  

कार्यक्रममा भारतबाट आएको कलाकारहरुको समूहले कथकली नृत्य प्रस्तुत गरेको थियो ।

प्रकाशित: ३० श्रावण २०८२ १९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App