नेपाल र भारतबीचको सीमानाका कात्तिक २२ गतेदेखि तीन दिन बन्द हुने भएको छ। विहार राज्यको सितामढी तथा पूर्वी चम्पारणमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गरी सीमा बन्द हुने भएको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजे देखि कात्तिक २५ गतेसम्म ७२ घण्टा नाका बन्द हुने जानकारी दिएका हुन्। सीमा नाका भएर आकस्मिक सेवा बाहेकका आवागमन पूर्णरुपमा बन्द हुने भुसालको सूचनामा उल्लेख छ।
विहारसहितका क्षेत्रमा कात्तिक २५ गते विधानसभा निर्वाचन हुँदैछ।

प्रकाशित: २१ कार्तिक २०८२ १५:०७ शुक्रबार





