१४ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख सहयोग गर्ने

नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।

पार्टीले बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीसमेत पठाउने निर्णय गरेको जनाएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद र आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

ज्वालाका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पार्टीले आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो। पार्टीले आवश्यक राहत सामग्री सम्बन्धित जिल्लामा पठाउने तयारीसमेत गरेको जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८३ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App