नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुम्वासी बस्तीमा सुरक्षा फौजको आतंक देखाएर सरकारले डोजर चलाएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारी कदमका कारण नागरिक आत्महत्या गर्न बाध्य भएको आरोप लगाए।
उनले इन्द्रबहादुर राईको आत्महत्याप्रति संकेत गर्दै सरकारमाथि गम्भीर प्रश्न उठाए। “डोजर आतंक देखाइएकै कारण इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने?” उनले प्रश्न गरे।
प्रमुख सचेतक दुलालले सरकारले ल्याएको अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाको समेत विरोध जनाए। उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाए।
प्रकाशित: २८ वैशाख २०८३ १४:५४ सोमबार





