प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरे।
यस्तै, नेकपा (एमाले) का गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गरेका छन्। जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा छन्
यहाँ कुल एक लाख ६२ हजार ४४४ मतदाता रहेका थिए।
प्रकाशित: २४ फाल्गुन २०८२ ०५:५५ आइतबार





