१ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

कोशीमा नेकपाले टुंगायो ४ मन्त्रीसहित एक राज्यमन्त्रीको नाम

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

सोमबार नेकपाले सरकारमा सहभागी हुने ४ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा नेकपा संयोजक पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्यको नाम पठाएको छ।

यस्तै, गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालय, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। त्यसैगरी, भौतिक पूर्वाधार राज्यमन्त्रीमा सपना दर्जीलाई छानिएको छ।

नयाँ मन्त्रीहरुको सपथ आजै दिउँसो ४ बजे गर्ने तयारी रहेको छ।

प्रकाशित: १ भाद्र २०८३ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App