नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
श्रमिक दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदूर र सुकुम्बासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धनमा सदैव प्रतिबद्ध रहेको बताएका छन्।
प्रकाशित: १८ वैशाख २०८३ ०८:४२ शुक्रबार





