९ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक भदौ १६ गतेसम्मका लागि स्थगित

राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ।

मंगलबार बसेको बैठकमा ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत भएको थियो।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकी थिइन्।

प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि अध्यक्ष नारायण दाहालले भदौ १६ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरे।

प्रकाशित: ९ भाद्र २०८३ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App