२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

नारायणमान बिजुक्छेको ‘जेलका चिठी’ अंग्रेजीमा

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले लेखेको ‘जेलका चिठी’ नामक पुस्तकको अंग्रेजी संस्करण शुक्रबार भक्तपुरमा विमोचन गरिएको छ। बिजुक्छे जेलमा हुँदा पत्नी स्वर्गीय शोभा प्रधानलाई लेखेका चिठीको संकलनको अंग्रेजी संस्करण सार्वजनिक गरिएको हो। पार्टी अध्यक्ष बिजुक्छेले आफैंले आफ्नो पुस्तकको विमोचन गरे।  

पुस्तक झन्डै एक दशकअघि नै नेपाली भाषामा प्रकाशित भएको थियो। यो पुस्तकलाई अंग्रेजीमा प्रकाशन गरिएको हो। बिजुक्छे पञ्चायतकालमा २०४५ सालदेखि झन्डै दुई वर्ष जेल परेका थिए। त्यही जेल जीवनमा पत्नी शोभाको नाममा लेखेका झन्डै दुई दर्जन चिठी पुस्तकका रूपमा प्रकाशित गरिएको हो। बिजुक्छे २०४७ सालको सफल जनआन्दोलनपछि रिहा भएका थिए।  

विमोचन कार्यक्रममा उनले भने, ‘पुस्तकका रूपमा प्रकाशित गर्ने योजना थिएन, कार्यक्रममा भनियो, पत्नी शोभाले सुरक्षित राखेकी रहिछन्। यसैलाई पुस्तकको आकार दिइएको हो। पुस्तकले नयाँ पुस्तालाई तत्कालीन राजनीति, स्वतन्त्रताका लागि पुरानो पुस्ताले गरेको योगदान जानकारी हुने भएकाले पुस्तक प्रकाशन गरेको हो।’ बिजुक्छेकी पत्नी शोभाको भने चार वर्षअघि नै निधन भइसकेको छ।

प्रकाशित: २ श्रावण २०८२ १९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App