२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्कीसँग मेरा मित्रको स्वर मिलेको छः केपी ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्नै पार्टीका केही नेताहरूको आवाज मिलेको भन्दै आश्चर्य व्यक्त गरेका छन्। बिहीबार कठमाडौंमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारको भाषा बोलेकोमा आपत्ति जनाए।

गत भदौं २३ र २४ गते भएको आन्दोलन र विध्वंशात्मक प्रदर्शनको छानबिनका लागि गठित उच्चस्रतरीय आयोगलाई वयान लिने कुरा आफ्नो व्यक्तिगत भएको बताउँदै अध्यक्ष ओलीले यसमा टाउको नदुखाउन सुझाव दिए । 

उपाध्यक्ष पोखरेललाई किन सन्चो नभएको हो भन्नेबारे जानकारी नभएको बताउँदै उनले वयान दिने र लिने सम्बन्धमा सञ्चारमाध्यममा आएका कुराहरुप्रति असन्तुष्टि जनाए । 

केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताए। ‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु पर्‍यो नि, मसँग त कुरा गर्नुभएको छैन’, ओलीले भने। 

यो पनि पढ्नुहोस्

सरकार र जेनजीबीचको सहमति मान्य छैनः केपी ओली

प्रकाशित: २५ मंसिर २०८२ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App