२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

संसद्‍मा संख्याको दम्भ नदेखाउन सांसद राईको चेतावनी

नेपाली कांग्रेसका सचेतक एवं सांसद निश्कल राई संसद्‍मा संख्याको दम्भ नदेखाउन चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सचेतक राईले यस्तो चेतावनी दिएका हुन्। साथै, उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन माग समेत गरे।

'हामीले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका छौँ। यसमा सभामुखको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै, जवाफदेही तर सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ,' उनले भने, 'जुन संख्याको दम्भमा प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई एक मिनेटको बाटो संसद्‍मा पनि उपस्थित गराउनु सक्नु भएन।'

उनले सभामुखले हर्कको व्यवहारप्रति प्रश्न उठाएकोप्रति असन्तुष्टि जनाउँदै रास्वपाको विगत समेत सम्झाए।

प्रकाशित: ७ जेष्ठ २०८३ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App