२ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

गाँजा खेतीलाई कानुनी मान्यता दिन सांसद राईको माग

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई कानुनी मान्यता दिन माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्ने भन्दै त्यसको लागि आवश्यक कानुन तथा विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।

विश्वका ६२ भन्दा बढी देशले गाँजाबाट आर्थिक लाभ लिइरहेको बताउँदै उनले नेपालमा पनि गाँजा प्रशोधन केन्द्र स्थापना गर्न माग गरे।

गाँजाबाट विभिन्न रोगको औषधि बनाउन सकिने भन्दै उनले पहाडी जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइ रोक्न र रोजगारी सिर्जना गर्न गाँजा खेती महत्वपूर्ण आधार बन्न सक्ने बताए।

गण्डकी प्रदेशले गाँजा खेतीसम्बन्धी कानुन निर्माण गरिसकेको बाताउँदै उनले सरकारले समेत यसमा ढिलाइ गर्न नहुने बताए।

प्रकाशित: २ भाद्र २०८३ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App