२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

ट्रमा सेन्टर स्थापनाको कुरा बजेटमा समेटेको भन्दै सांसद खनालद्वारा सरकारलाई धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सुदूरपश्चिमको स्वास्थ्य र यातायात पूर्वाधारका योजनाहरूलाई बजेटमा समेटेको भन्दै सरकारलाई धन्यवाद दिएका छन्।

शुक्रबार संसद्‌मा बोल्दै सांसद खनालले कैलाली क्षेत्र नम्बर २ का जनताले लामो समयदेखि खेप्दै आएको ट्रमा सेन्टरको अभाव अब सदाका लागि अन्त्य हुन लागेको बताएका हुन्। कैलालीको लम्कीचुवा नगरपालिकामा ट्रमा सेन्टर स्थापनाका लागि सरकारले आगामी बजेटमार्फत सम्बोधन गरेकोमा उनले खुसी व्यक्त गरे। 

उनले भने, ‘जनताले भोगिरहेको पीडा सदाका लागि समाधान गर्न ट्रमा सेन्टर स्थापनाका निम्ति बजेटमार्फत सम्बोधन गरेकोमा म र मेरो क्षेत्रका नागरिकका तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु।’

यसैगरी, खनालले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई आपसमा जोड्न कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्बर ३ र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने लामो झोलुङ्गे पुल निर्माणको योजनालाई सरकारले अघि बढाएकोमा पनि आभार प्रकट गरेका छन्। यो पुल निर्माण भएपछि अन्तरप्रदेशीय पर्यटन क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने उनको विश्वास छ।

सांसद खनालले कैलालीको विकट क्षेत्र मोहन्याल गाउँपालिकाको ताम्चा क्षेत्र र कर्णाली प्रदेशलाई जोड्ने झोलुंगु पुल जस्ता महत्त्वपूर्ण योजनाहरूलाई समेटेर सरकारले नागरिकको हितमा काम गरेको दाबी गरे। 

प्रकाशित: २९ जेष्ठ २०८३ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App