श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकारलाई प्रधानमन्त्री कार्यालय अगाडि तस्बिर र भिडियो खिच्न रोक लागएको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।
उनले पत्रकारलाई निषेध गरेर के गर्न खोजेको भन्दै प्रश्न गर्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले पत्रकारलाई रोकेर चुपचाप डोजर चलाउने नै सरकारको काम हो भन्ने प्रश्न गरे।
यस्तै, स्वतन्त्र पत्रकारिकामाथि अङ्कुश लाउनु लोकतन्त्रको मूल्य अनुरुप नहुने उनले बताए।
'बालेन जी... पत्रकारलाई निषेध गरेर के गर्न खोजेको? चुपचाप डोजर सरकार यस्तै हो त? स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लाउनु लोकतन्त्रको मूल्य अनुरुप होइन,' उनले सामाजिक सञ्जालमा लेखे।
प्रकाशित: २१ वैशाख २०८३ १४:१३ सोमबार





