१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ५:१८ पूर्वाह्न
राजनीति

माग सम्बोधन नभए सभामुखकै अगाडि अनसन बस्ने मोदीको घोषणा

नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफ्नो माग सम्बोधन नभए सभामुखकै अगाडि अनसन बस्ने चेतावनी दिएका छन्। मङ्गलबार (आज) बसेको संसद् बैठकमा भाग लिँदै सांसद मोदीले यस्तो चेतावनी दिएका हुन्।

'हुलाकी सडक कटहरीको खण्ड निर्माण हुन थालेको १० वर्ष हुन थालिसक्यो। आजसम्म बनेको छैन। जनताले सडकमा धान रोपाइँ गर्दैछन्। सरकारलाई रुलिङ हुनुपर्‍यो। एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने ? सभामुखबाट रुलिङ भएन भने म तपाईंकै अघि अनसन बस्छु,' उनले भने।

प्रकाशित: २७ श्रावण २०८२ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App