१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

त्रिपक्षीय बैठकमा मिराजको ७ बुँदे सर्त : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने

​सरकार प्रमुख, राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिहरूबीच बुधबार सम्पन्न भएको त्रिपक्षीय बैठकमा गरिखान देउ पार्टीका अध्यक्ष मिराज ढुंगानाले सात बुँदे मागपत्र प्रस्तुत गरेका छन्।

मिराज ढुंगानाले पेस गरेको उक्त मागपत्रमा हालको संघीय संरचना बोझिलो र खर्चिलो भएको उल्लेख गरेका छन्। उनले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुगर्ने र गैरराजनीतिक विज्ञ समूहबाट प्रदेशको मन्त्रीहरू नियुक्त गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन्।  

नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान गर्न एक स्वतन्त्र निकाय गठन गरिनुपर्ने, देशको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने, नेपाली नागरिकता कायम राखेका विदेशस्थित नेपाली जनसङ्ख्यालाई मतदान अधिकार प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने, सहिद परिवार र घाइतेहरूका लागि उचित व्यवस्थापन गर्न तुरुन्तै आयोग गठन गर्नुपर्ने, जेनजीको आन्दोलनलाई तत्काल राजनीतिक जनआन्दोलन घोषणा गर्नुपर्ने लगायतका सात बुँदे माग ढुंगानाले अघि सारेका छन्।

प्रकाशित: १३ कार्तिक २०८२ ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App