२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पाकिस्तानका राजदूतसँग कृषि, वन तथा पर्यावरण मन्त्रीको शिष्टाचार भेटवार्ता

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत महामहिम मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। 

भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन Mountain विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुनर्निर्माण लगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यवहारिक बनाउने विषयमा छलफल भएको थियो। 

राजदूत खानले हालैका विपद्का घटनापछि पाकिस्तान सरकार नेपालसँग व्यावहारिक तथा ठोस सहकार्य विस्तार गर्न इच्छुक रहेको बताउँदै जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा अनुभव, प्रविधि र सूचनाको आदानप्रदान गर्न सकिने बताए। 

उनले पाकिस्तानले विपद्पछिको पुनर्निर्माण तथा जलवायु उत्थानशील प्रविधिमा गरेका प्रयास र अनुभव नेपालसँग आदानप्रदान गर्न तयार रहेको बताए। 

भेटमा दुवै देशले साझा Mountain agenda तथा जलवायु एजेन्डालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन सहकार्य गर्न सकिने विषयमा समेत छलफल भएको थियो। साथै, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९क्ब्ब्च्ऋ० लगायतका क्षेत्रीय मञ्चमार्फत पर्वतीय मुलुकका साझा मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा जोड दिइएको थियो। 

माननीय मन्त्री चौधरीले नेपाल र पाकिस्तान दुवै पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असर, हिमनदी तथा विपद्का जोखिमलगायत साझा चुनौती सामना गर्न सूचना, तथ्यांक, प्रविधि र अनुभवको आदानप्रदान महत्वपूर्ण रहेको बताए। कृषि तथा अन्य सम्भावित क्षेत्रमा द्विपक्षीय सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे। 

भेटवार्तामा नेपाल र पाकिस्तानबीच विपद् व्यवस्थापन तथा अन्य सम्बन्धित निकायहरूबीच संस्थागत सहकार्य र समझदारी विकास गर्ने, तथा पाकिस्तानका जलवायु परिवर्तनसम्बन्धी सम्बन्धित मन्त्रीसँग नेपालको कृषि, वन तथा पर्यावरण मन्त्रालयबीच थप छलफल र समन्वय गर्ने विषयमा समेत कुराकानी भएको थियो। 

राजदूत खानले पाकिस्तानका प्रधानमन्त्रीले नेपालमा हालै भएको विपद्प्रति चासो व्यक्त गर्नुभएको उल्लेख गर्दै पुनर्निर्माण तथा विपद्पछिको सहयोगमा पाकिस्तान सहकार्य गर्न तयार रहेको बताए । साथै, नेपालबाट पाकिस्तानमा चिया निर्यातलगायत व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो। 

प्रकाशित: २ आश्विन २०८३ १७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App