१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

इलाम पुगेर मन्त्री कुलमानले भने– विशेष प्राथमिकतामा राखेका छौँ

गत असोज १८ गतेको बाढी पहिरोको स्थलगत अवलोकन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ इलाम पुगेका छन् ।  

इलामको राजदूवाली पार गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले इलामको क्षति र त्यसको राहतका लागि सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।  

उनले भने, ‘सरकारले इलामलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । संकटग्रस्त क्षेत्र घोषणा गर्नुभनेको यहाँको सडक, खानेपानी, विजुलीबत्तिसहित नागरिकमा आधारभूत आवश्यकता पूर्ति गर्न तदारुकताका साथ पहलकदमी चाल्नु हो ।’

No photo description available.

उनले इलाममा भएको क्षतिको विवरण लिने काम पनि जारी रहेको बताए । उनले भने, ‘क्षतिको विवरण आउनेक्रम जारी छ । धेरै ठाउँमा विद्युत अवरोध भएको छ । हाम्रा प्राविधिक साथीहरू खटिनुभएको छ । भोलिसम्ममा विद्युत सेवा सुचारु हुने जानकारी मैले पाएको छु । यो मेची राजमार्ग पनि भोलिसम्ममा सुचारु हुनेछ ।’

राहत वितरणको कामलाई पनि व्यवस्थित बनाइने उनले बताए । हामीले राहत वितरणको काम थालेको छौँ । स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा राहत वितरणको काम हुनेछ ।’

मन्त्री घिसिङसहितको टोली काठमाडौंबाट भद्रपुरसम्म हवाइजहाजमार्फत र त्यहाँबाट माइखोलाको राजदूवालीसम्म सवारीमार्फत पुगेका थिए । त्यहाँ पहिरोले क्षति पुर्‍याएको राजमार्गको अवलोकन गर्दै टोली इलाम पुगेको छ।

प्रकाशित: २५ आश्विन २०८२ १४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App