२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

लगातार निरीक्षण र निर्देशनमा व्यस्त मन्त्री कुलमान घिसिङ

भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन्। मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिएका छन्।  

घिसिङले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने  महत्वपूर्ण सडक खण्डका बिग्रे भत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको  भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।

संघीय राजधानी काठमाडौँबाट बिपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आएका मन्त्री घिसिङले विपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधिन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका बारेमा जानकारी लिए।  

बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्कीपुलहरुको स्थानमा ‘बेली ब्रिज’ र ‘कल्भर्ट’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहज रुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए।  

यसअघि बुधबार पनि मन्त्री घिसिङले बिपी राजमार्गको अनुगमन गर्दै सडक मर्मतको काम शीघ्र सम्पन्न गर्न र यात्रुलाई सहज यात्रा गर्न सक्ने बाटो बनाउन मातहतका कर्मचारी र निर्माण कम्पनीलाई निर्देशन दिएका थिए।  राससको सहयोगसहित

प्रकाशित: १६ आश्विन २०८२ १७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App