१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

सभामुख अर्याल र जापानका राजदूतबिच भेटवार्ता

सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सभापति अर्यालको सचिवालयले जनाएको छ । 

सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरे। उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राखे।  

राजदूत  तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: १ जेष्ठ २०८३ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App