२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सभापति निवासको बैठक सकारात्मकः उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा निवासमा भइरहेको बैठक केही हदसम्म सकारात्मक दिशामा अघि बढेको बताएका छन्। शुक्रबार उपसभापति गुरुङले फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।  

‘आदरणीय सभापतिज्युको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकरात्मक दिशामा अगाडी बढेको छ,’ उपसभापति गुरुङले भनेका छन्, ‘नियमित महाधिवेशन पुस मसान्त मिलनविन्दु बन्नसक्छ।’ त्यसका लागि सबै नेताहरूलाई आआफ्नो तर्फबाट सकरात्मक भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्।  

महाधिवेशनकै विवादले पार्टीको एकता नै जोखिममा रहेका बेला सभापति देउवाले बिहीबारबाट मुख्य पदाधिकारी र नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका छन्। सोही क्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग लगातार संवाद भइरहेको छ।  

प्रकाशित: १२ मंसिर २०८२ १७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App