२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

मीन विश्वकर्मा भन्छन्: सदस्यता अद्यावधिकले अर्थ राखेन, पार्टीभित्र झन् विवाद बढायो

नेपाली कांग्रेसका इतर पक्षका नेता मीन विश्वकर्माले पार्टीमा भइरहेको सदस्यता अद्यावधिक अभियानको औचित्यमाथि प्रश्न उठाउँदै यसले एकता होइन, थप विवाद सिर्जना गरेको बताएका छन्।

चुनदेवीमा बसेको इतर पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले वर्तमान सभापति गगन थापा महामन्त्री रहँदा सदस्यता व्यवस्थापन समितिको प्रमुखका रूपमा टुंगो लगाइसकेको क्रियाशील सदस्यताको विषयलाई पुनः नयाँ मापदण्ड बनाएर विवादमा तानिएको आरोप लगाए।

‘यदि पार्टी एकता गर्ने उद्देश्य थियो भने त्यसअघि नै टुंगो लागेको क्रियाशील सदस्यताको विषयलाई फेरि नयाँ मापदण्ड बनाएर विवाद सिर्जना गर्नुको अर्थ छैन। अहिले सदस्यता अद्यावधिकले खासै अर्थ राख्दैन,’ उनले भने।

विश्वकर्माले सदस्यता अद्यावधिक गरेका कार्यकर्तासमेत पार्टी छोड्ने क्रम बढिरहेको दाबी गर्दै पार्टीप्रति वितृष्णा बढ्दै गएको बताए।

‘पार्टीप्रति वितृष्णा बढिरहेको छ। त्यसलाई रोक्ने प्रयासस्वरूप सम्पर्क कार्यालय सञ्चालन गरेर आफ्नो जिम्मेवारी पूरा गर्न खोजेका हौँ,’ उनले भने।

राष्ट्रिय भेलाको तयारीबारे पनि छलफल भइरहेको जानकारी दिँदै विश्वकर्माले भोलि बस्ने बैठकबाट भेला आयोजना गर्ने मिति र कार्यविधि (मोडालिटी) टुंगो लाग्न सक्ने बताए।

प्रकाशित: २२ असार २०८३ १७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App