नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विश्व आदिवासी दिवसले अधिकार, समानता र न्यायका लागि जारी संघर्षलाई अझ अघि बढाउन प्रेरणा प्रदान गरोस् भन्दै कामना गरेका छन्।
विश्वका आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै दाहालले यस्तो कामना गरेका हुन्। उनले पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता भएको बताए।
उनले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताए। 'सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायको न्यायपूर्ण प्रतिनिधित्व तथा सम्मानपूर्ण सहभागिताबाट मात्र समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिन्छ,' उनले सामाजिक सञ्जालमा लेखे, 'विश्व आदिवासी दिवसले अधिकार, समानता र न्यायका लागि जारी संघर्षलाई अझ अघि बढाउन प्रेरणा प्रदान गरोस्। सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना।'
प्रकाशित: २४ श्रावण २०८३ १०:०५ आइतबार





-600x400.jpg)