७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

‘आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस्’

फाइल तस्बिर

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना व्यक्त गरेकी छिन्। 

सामाजिक सञ्जालमार्फत उनले स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी हुन्।

उनको शुभकामना सन्देशमा भनिएको छ, ‘बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस्।’ नयाँ वर्ष २०८३ लाई स्वागत गर्दै आज देशभर हर्ष उल्लासका साथ मनाइँदैछ।

प्रकाशित: १ वैशाख २०८३ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App