नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका सभामुख हटाउन सत्तापक्षले प्रयास गरेको भन्दै विरोध गरेको छ ।
बुधबारको प्रदेशसभा बैठकको विशेष समयमा सांसद दुर्गाप्रसाद चापागाईँले सभामुखलाई हटाएर सत्तापक्षकै सांसदलाई सभामुख बनाउन छलफल भइरहेको भन्दै विरोध गरेका हुन् ।
सभामुख हटाएर अस्थिरता ननिम्त्याउन उनले सत्तापक्षलाई आग्रह समेत गरे । ‘दुई ठूला दलको सरकारले कोशी प्रदेशका सभामुख हटाउने र सत्तारुढ दलका सांसदलाई नै सभामुख बनाउने विषयमा छलफल गरिरहेको हल्ला छ,’ चापागाईँले भने ‘सभामुखलाई हटाएर कोशी प्रदेशको अस्थिरता र असफलताको भारी प्रदेशसभालाई नबोकाउनुहोस् ।’
चपागाईले अहिले जहाँ सरकार त्यहीँ भ्रष्टाचार देखिएको आरोप लगाए । चापागाईँले दुई तिहाइको भरमा न्यायपालिका र व्यवस्थापिकालाई आफू अनुकूल स्वार्थपूर्तिका लागि प्रयोग गर्न र संवैधानिक परिषद्मा बहुमत पु¥याउन कै लागि प्रतिनिधिसभाका उपसभामुख हटाउने प्रयासको भत्साना समेत गरे ।
उनले संवैधानिक निकायमा आफू अनुकूलका व्यक्तिहरूलाई नियुक्त गर्ने मनसायले सङ्घमा उपसभामुख हटाउन हस्ताक्षर अभियान सञ्चालन गरेको दाबी गरे । प्रदेशमा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गर्न विधेयक ल्याएकोमा उनले सरकारको कामको स्वागत समेत गरे ।
प्रकाशित: ४ भाद्र २०८२ १८:४९ बुधबार


-600x400.jpg)


