नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको छ।
आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आगामी प्रतिनिधि सभा निर्वाचन, पार्टीको आन्तरिक तयारी र जेन-जी आन्दोलनपछिको अवस्थाबारे छलफल हुनेछ। अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।
आइतबारको पदाधिकारी बैठकले सबै समिति विघटन गरेर दाहालको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो। आजको बैठकले भोलिको केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्ने जानकारी दिइएको छ।
जेन-जी आन्दोलनपछि नेतृत्व छाड्न दाहाललाई पार्टीभित्र दबाब बढेको छ।
प्रकाशित: ८ आश्विन २०८२ १३:५५ बुधबार





