जिल्ला अधिवेशनमा इतर पक्षको वर्चस्व रहेको मोरङमा केन्द्रीय महाअधिवेशन प्रतिनिधि निर्वाचनमा भने संस्थापन पक्ष अगाडि देखिएको छ ।
आइतबार सम्पन्न मतगणनामा इतर पक्ष भन्दा बढी संस्थापन पक्षका महाअधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
मोरङमा कुल ४६ प्रतिनिधि मध्ये इश्वर पोखरेल पक्षका २० जना प्रतिनिधि मात्रै निर्वाचित भएका छन् । मोरङमा इतर पक्षभन्दा संस्थापन पक्षका बढी प्रतिनिधि निर्वाचित भएको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
उनका अनुसार २ जना कुनै पक्षमा पनि खुलेका छैनन् । २४ जना संस्थापन पक्षका प्रतिनिधिले जित हाँसिल गरेका छन् । यसअघि मोरङ जिल्ला अधिवेशनमा इतर पक्षको बर्चस्व रहे पनि केन्द्रीय महाअधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा भने संस्थापन पक्षले आफ्नो अवस्था सुधारेको छ ।
प्रकाशित: १४ मंसिर २०८२ २०:४० आइतबार





