६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘धेरैले सोध्छन् ‘सुमना कहाँ छ ?’ म भन्छु– सुमना एकतामा छ’

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो राजनीतिक अवस्थितिबारे उठेका प्रश्नहरूको जवाफ दिँदै आफू ‘एकता’ को पक्षमा उभिएको स्पष्ट पारेकी छन्।

बुधबार ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ घोषणा सभामा विशेष अतिथिका रूपमा बोल्दै उनले वैकल्पिक शक्तिहरू विभाजित नभई एकढिक्का हुनुपर्ने बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको दूरी बढेपछि उनी कता छिन् भन्ने चासो सर्वत्र रहेका बेला उनले मञ्चबाटै यसको जवाफ दिएकी हुन्।

सुमनाले नयाँ र परिवर्तनकारी शक्तिहरू अलग–अलग बाटोमा हिँड्दा त्यसको फाइदा पुराना दल र प्रवृत्तिका नेतृत्वलाई पुग्ने चेतावनी दिइन्।

‘धेरैले सोध्छन् ‘सुमना कहाँ छ ?’ सुमना कहाँ छ, सुमना कहाँ छ... म भन्छु– सुमना एकतामा छ,’ उनले भनिन्, ‘यदि हामी फरक–फरक बाटोमा हिँड्ने हो भने पुराना पार्टीहरूलाई फेरि रेड कार्पेट ओछ्याएर ‘आउनुस्, देश लुट्नुस्’ भनेर बोलाए जस्तै हुन्छ।’

हातका औँलाहरू छुट्टाछुट्टै हुँदा कमजोर हुने तर मुट्ठी बनेपछि शक्ति प्राप्त हुने उदाहरण दिँदै उनले भनिन्, ‘जब यो मुट्ठी बन्छ, त्यतिबेला मात्रै हामी पावरफुल हुन्छौँ। होइन, छुट्टाछुट्टै फरक–फरक बाटोमा सबैजना जाने हो भने फेरि देशले दुःख पाउँछ।’

प्रकाशित: १७ मंसिर २०८२ १६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App