१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सडक यात्रा सुरक्षित बनाउनु राज्यको प्रमुख दायित्व : रवि लामिछाने

पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडक यात्रा सुरक्षित बनाउनु राज्यको प्रमुख दायित्व भएको बताएका छन्।

उनले विगतमा यसतर्फ पर्याप्त गम्भीरता नदेखाइएको समेत बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी वास्तविक कारण पहिचान गर्नुपर्ने, दोषीमाथि कडा कारबाही गर्नुपर्ने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस सुधारात्मक कदम चाल्नुपर्ने बताएका छन्।

उनले सुरक्षित सडक संरचना, जिम्मेवार चालक, कडाइका साथ नियम कार्यान्वयन र प्रभावकारी अनुगमनको व्यवस्था भएमा यस्ता घटना रोक्न सकिने बताउँदै आगामी दिनमा सडक सुरक्षाका विषयमा आफ्नो पार्टी गम्भीर र जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै लामिछानेले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।     

प्रकाशित: ११ फाल्गुन २०८२ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App