१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालेन-सुधनलाई महेशको प्रश्न : जेनजी आन्दोलन सामाजिक थियो कि संगठित अपराध ?

नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलन सामाजिक कि संगठित अपराध भन्दै प्रश्न गरेका छन्।

बस्नेतले आज सामाजिक सञ्जालमा लेख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र सुधन गुरुङलाई उक्त प्रश्न गरेका हुन्।

'पक्राउ परेकामध्ये करिब ८० प्रतिशत व्यक्ति ठगी, बैंकिङ कसुर, ज्यान मार्ने उद्योगजस्ता मुद्दामा पहिले नै संलग्न थिए। कतिपय त फरार अभियुक्त नै रहेछन्! १५ सय हतियार लुटिँदा अझै ४ सय हराइरहेका छन्,' उनले प्रहरी अनुसन्धानले देखाएको भन्दै लेखेका छन्, 'अब प्रश्न उठछ। यो आन्दोलन सामाजिक थियो कि संगठित अपराधको आवरणमा भएको हिंसात्मक अभियान? बालेन सुधनहरुले जवाफ दिनुपर्छ?

प्रकाशित: १० कार्तिक २०८२ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App