२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

गगनलाई आधिकारिकता दिएपछि महेश: वैदेशिक हस्तक्षेपको नांगो नाच

‘राष्ट्रियता पक्षधर शक्ति आन्दोलनमा उत्रिनु अपरिहार्य भयो’

नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नेपाली कांग्रेसको आधिकारिकता दिएपछि वैदेशिक शक्तिको हस्तक्षेप भएको टिप्पणी गरेका छन्। शुक्रवार फेसबुकमार्फत प्रतिक्रिया दिँदै महेशले यस्तो टिप्पणी गरेका हुन्। 

‘आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नांगो प्रहार हो,’ महेशले लेखेका छन्, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नांगो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो।’ 

यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनले लेखेका छन्। 

प्रकाशित: २ माघ २०८२ २०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App