१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महेशको दाबी: प्रचण्ड भदौ २४ गते म प्रधानमन्त्री बन्दैछु भनेर सहयोग माग्दै थिए

नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) पनि भदौ २४ गतेको विध्वंसका मतियार रहेको भन्दै आरोप लगाएका छन्। शनिवार पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्।

‘यसमा कमरेड प्रचण्ड मुख्य मतियार बने,’ बस्नेतले भने, ‘उनी २४ गते बिहान पनि प्रतिपक्षी दलहरूको म प्रधानमन्त्री बन्दैछु, सहयोग गर्नुहुन्छ कि गर्नुहुन्न भनेर भन्दै हुनुहुन्थ्यो।’ 

‘जब उनको छोरीको घर जल्यो, त्यसपछाडि उनी छाँगाबाट खसेजस्तो भए,’ बस्नेतले अगाडि भने। 

प्रकाशित: १५ कार्तिक २०८२ १६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App