२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

भारतसँग कूटनीतिक पहल नहुँदा महाकालीको पानी नेपालतर्फ छोडिएन : दीपक बोहरा

रास्वपाका सांसद दीपकराज बोहराले महाकाली सन्धिअनुसार नेपालले पानी नपाएको भन्दै आपत्ती जनाएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारे भारतसँग कूटनीतिक पहल गर्न माग गरेका छन्।

सांसद बोहराले नेपालले भारतसँग आवश्यक पहल नगर्दा महाकालीको पानी नेपालतर्फ नछोडिएको र किसानले सिंचाइको सुविधा नपाएको बताए।

उनले भने,‘सारदा ब्यारजेमा रहेको महाकाली नदीको पानी दुवै देशले प्रयोग गर्ने भनिएको छ तर भारतसँग कूटनीतिक पहल नहुँदा यहाँ पानी छोडिएको छैन।’

परराष्ट्र मन्त्रालयले भारतसँग महाकालीको पानी नेपालतर्फ छोड्नेबारे पहल गर्नुपर्ने बताउँदै उनले भने,‘यो पानी छोड्नका लागि परराष्ट्र मन्त्रालयमार्फत् भारतसँग कूटनीतिक पहल गराउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदछु।’

त्यस्तै, सांसद बोहराले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत महाकाली सिंचाइ आयोजनाको बाँकी काम सम्पन्न गराउन पनि आग्रह गरेका छन्। उनले भने,‘ ४८ किलोमिटरको यो आयोजनामा करिब ३० किलोमिटर सम्पन्न भएको छ।’

यस्तै, उनले महाकाली सिंचाइ आयोजनाको अन्तिम बिन्दु कृष्णपुर नगरपालिकाको वडा नम्बर ९ का जनताले विरोध जनाइरहेकाले सरकारले उनीहरूको आवाज सुन्न माग गरे।

प्रकाशित: २४ असार २०८३ १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App